
बिएल संवाददाता
अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ।
उनले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराएका थिए। रोग पूर्णरुपमा निको नभई समस्या भोगी रहेका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ। तीनदिनदेखि उनी सोही अस्पतालमा उपचाररत् थिए।
राइजिङ नेपाल, काठमाडौँ पोष्ट, स्पोर्टस लाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गरेका वरिष्ठ पत्रकार शर्मा नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पुर्याएका थिए।
उनको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिँदैछ । स्व शर्माका श्रीमती र एक छोरा छन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया