'सिल्क फेसन' जसले फेसन क्षेत्रलाई उकास्दै छ

काठमाडौंस्थित जमलमा सिर्जना पोखरेलले 'सिल्क फेसन' अर्थात् बुटिक पसल सञ्चालनमा ल्याएको ७ वर्ष भयो। 

पेशाले उनी फेसन डिजाइनर हुन्। सबै कपडाको ‘डिजाइन’ नै उनी आफैँ गर्छिन्। 

बुटिक पसलमा महत्वपूर्ण कुरा नै कपडाको ‘क्वालिटी र डिजाइन’ रहेको उनको ठम्याई छ। 

‘ग्राहकहरूको पहिलो रोजाइ भनेकै आकर्षक डिजाइन र कपडाको क्वालिटी हो, कपडाको सबै डिजाइन आफैँले गर्ने गरेकी छु’ सिर्जनाले भनिन्, ‘हामीले कपडामा आकर्षण बनाएकै कारण ग्राहकहरू फर्किएर पसलमा आउने गर्नुहुन्छ, नी।’ 

आफूले डिजाइन गरेर बनाएको कपडालाई ग्राहकहरूले रुचाउँदा खुशी लागेको उनको भनाई छ। ‘मानिसलाई राम्रो देखाउनका लागि फ्याशन जरुरी छ, हामीले फ्याशनमा ध्यान दिनुपर्छ’ उनले भनिन्। 

सिर्जनाले ‘आइसी कलेज’मा ‘फ्याशन डिजाइन’ अध्यन गरीन्, त्यसपछि उनले एउटा बुटिक पसलमा ‘इन्टन’ गरिन्। त्यहीँबाट काम सिकेर उनले आफ्नै बुटिक पसल खोल्ने निधो गरिन्।

सिर्जनाले पसलको सुरुवात एउटा ‘सटर’ बाट खोलेकी थिइन्। तर विस्तारै डिजाइन गरेको कपडाले एकाएक बजारमा चर्चा पाए। र, उनको डिजाईन सबैको रोजाईमा पर्यो। उनले त्यसपछि पसल बढाउदैँ लगिन्। 

अहिले उनको बुटिकमा सबै किसिमको ‘ड्रेस’ पाइन्छ। ‘सेलिब्रेटी’को रोजाईमा सिर्जनाको बुटिक पर्ने गरेको छ। कयौँ फिल्मदेखि म्यूजिक भिडियोमा समेत उनले बनाएका र डिजाईन गरेका ड्रेसहरु प्रयोग भएका छन्। ‘फिल्मको सुटिङका लागि कपडा चाहिएमा मलाई सम्पर्क गर्नुहुन्छ’ उनले भनिन्। 

'सिल्क फेसन'मा कपडा लिन ग्राहकको उपस्थिती मात्र नभई अनलाइनबाट पनि अर्डर आउने गरेको पोखरेल बताउँछिन्।  ‘हामीले समयमा अर्डर दिने मात्र हैन, ग्राहकले भनेको जस्तो सेवा दिएका कारण हामीलाई स्वदेश मात्र हैन विदेशबाट पनि उत्तिकै अर्डर आउँछ’, उनले भनिन्। 

आउँदो दिनहरूमा पनि अझै नयाँ डिजाइन ल्याउने र ‘फ्याशन शो’ गर्ने बताउदैँ सिर्जनाले भनिन्, ‘७ वर्षसम्म पसल राम्रो चल्यो। त्यसैले वार्षिकोत्सव मनाउदैछौँ, जसबाट हुने नाफा समाज सेवामा खर्च गर्न चाहान्छु।’

व्यापार गरी कमाएको आम्दानीबाट यसरी समाज सेवामा लाग्ने कमै हुन्छन्। त्यसैले उनी जस्तालाई सम्बन्धित क्षेत्र मात्र हैन राज्यले समेत उच्च मुल्याकन गर्न जरुरी छ। 

आउँदो चैत्र २८ गते उनले ७ आैँ स्थापना दिवस धुमधामका साथ बनाउने योजना बनाएकी छन्। सोही अवसरमा उनले अहिले पसलमा किन्न आउने ग्राहकलाई विषेश छुटको समेत व्यवस्था गरेकी छन्। 

स्थापना दिवसकै अवसरमा उनले यो क्षेत्रमा लागेर उल्लेखीय योगदान गरेकालाई सम्मान समेत गर्ने योजना बनाएकी छन्। 

प्रकाशित मिति: : 2021-03-24 08:46:00

प्रतिकृया दिनुहोस्