दुर्गाप्रसाद तिम्सिनाः भारतमा ४० वर्ष बिनासुनुवाइ जेल परेका यी नेपाली नागरिकले कहिले क्षतिपूर्ति पाउलान्?

बिबिसी

काठमाडौं

बिनासुनुवाइ भारतीय जेलमा ४० वर्षभन्दा लामो समय थुनिएका नेपाली नागरिक दीपक जैसी तिम्सिना पनि भनिने दुर्गाप्रसाद तिम्सिना मुक्त भएपछि कोलकाता उच्च अदालतले सरकारसँग क्षतिपूर्तिसम्बन्धी धारणा माग गरेको थियो। तर उक्त विषयमा अझै कुनै निर्णय भएको छैन।

एक साताअघि जारी भएको आदेशमा अदालतले पश्चिम बङ्गालभरि मानसिक समस्याका कारण अभियोजन नभई बसेका मानिसहरूको विवरण पनि पेस गर्न राज्य सरकारलाई अह्राएको थियो।

सोही आदेशमा पश्चिम बङ्गालकै महान्यायाधिवक्तालाई अदालतले ती नेपाली नागरिकको हकमा उनको परिवारको आर्थिक अवस्था कमजोर रहेकोले क्षतिपूर्तिबारे सरकारको धारणा माग गरेको थियो।

अदालतले दिएको आदेशमा उनको नाम दीपक जोशी उल्लेख गरिएको छ। नेपाल फर्किएपछि उनले दुर्गाप्रसाद तिम्सिनाको नाममा नागरिकता लिएका छन्।

प्रकाशित मिति: : 2021-03-31 12:46:00

प्रतिकृया दिनुहोस्