बिहिबार, २१ अगस्ट २०२५

नेपाल भित्रिएको कोरोनाको नयाँ भेरिएन्ट कति खतरा ?

रातोपाटी

रातोपाटी

काठमाडौं
News Image
• • •

भारत हुँदै नेपाल प्रवेश गरेका तीनजनामा नयाँ प्रकारको भेरिएन्टको कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ।

कैलालीको त्रिनगर नाकाबाट नेपाल भित्रिएका डोटी, डडेलधुरा र कञ्चनपुरका एक/एकजनाको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ‘एस जिन’ नेगेटिभ भएकोे पत्ता लागेको हो।

नेपाल प्रवेश गर्ने २० जनाको स्वाब ¥यान्डमरुपमा परीक्षण गर्दा ‘एस जिन’ नेगेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले रातोपाटीलाई बताए।

३ हजार ४७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १४३ जनालाई कोरोना देखिएको उनको भनाइ छ ।

सोमबार, चैत्र २३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!