भारत के चाहन्छ? देउवा के चाहन्छन्?

सेतोपाटी

काठमाडौं

भारत के चाहन्छ-आजका दिनमा यो प्रश्न कति सान्दर्भिक, कति जायज हो?

हाम्रो परराष्ट्र नीतिका सन्दर्भमा यो प्रश्न जायज मात्र होइन, सान्दर्भिक पनि हो। भारत मात्र होइन, चीन र अमेरिका के चाहन्छन्? हामी उनीहरूसँग के चाहन्छौं? यी प्रश्नमा कूटनीतिज्ञ, राजनीतिज्ञ सधैं घोत्लिनु जरुरी हुन्छ।

शक्तिशाली राष्ट्र र हाम्रो चाहनाबीचको सन्तुलनमै नेपालको राष्ट्रिय हित निर्भर गर्छ। हाम्रो कूटनीतिक कौशल त्यही सन्तुलनमा प्रतिविम्बित हुन्छ।

तर आन्तरिक राजनीतिमा बाह्य मुलुकहरूको चाहना?

त्यो सर्वथा अनुचित हुन्छ, किनभने आन्तरिक राजनीति आन्तरिक शक्तिहरूले तय गर्नुपर्छ। नागरिकको चाहनाले तय गर्नुपर्छ। स्वतन्त्र राष्ट्र हुनुको न्यूनतम अर्थ त्यही हो। जुन मुलुक स्वतन्त्र हुन्न, जहाँ नागरिक स्वतन्त्र हुन्नन्, त्यहाँको राजनीति अक्सर अरूले नै तय गर्छन्।

प्रकाशित मिति: : 2021-04-16 14:57:00

प्रतिकृया दिनुहोस्