म्यान्मार सैन्य सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

Reuters

म्यान्मारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ। देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ बर्षको अवसर पारेर रिहा गर्ने तयारी भएको हो।

लोकतान्त्रिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि भइरहेको आन्दोलनका क्रममा हजारौ आन्दोलनकारी अहिले बन्दी भएका छन्।  तीनै हजारौँ बन्दीहरु मध्ये केहीलाई रिहा गर्ने तयारी भएको एक उच्च अधिकारीले शनिबार जानकारी दिएका छन्। 


म्यान्मारमा दुखेको मानवता


म्यान्मारमा परम्परागत बुद्ध धर्माबलम्बीहरुको नयाँ बर्षको अवसरमा कैदी बन्दीहरुलाई आम माफी दिने चलन अनुसार नै यस पटक बन्दीहरुलाई रिहा गर्न लागिएको हो। गत फेब्रुअरी १ देखि सेनाले सत्ता नियन्त्रणमा लिएपछि म्यान्मारमा अहिलेसम्म हजारौ गिरफ्तार भएका छन् भने सयौँ घाइते भएका छन्। त्यसैगरी सात सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ। 

मृत्यु भएका मध्ये कम्तीमा ५१ जना बालबालिका रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय अधिकारीहरुको भनाई छ। 


म्यान्मारमा प्रजातन्त्रवादीले गठन गरे 'राष्ट्रिय एकता सरकार'


आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकाहरुलाई सुरक्षाकर्मीहरुले अझै पनि नियन्त्रणमा लिएको पनि राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ। हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसंघलगायतका धेरै निकाय र मुलुकहरुले पटक पटक आग्रह गरेपनि म्यान्मारमा हिंसात्मक घटनाहरु भइरहेको छ। पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गराउने बाहनामा म्यान्मारको सत्ता हातमा लिएको छ। 

तत्कालिन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी १ तारिखमा सेनाले शिर्ष नेताहरुलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो।



म्यान्मार ‘कू’: चर्चित गायिका पो पो पक्राउ

म्यान्मार ‘कू’: संकटको सारथी बन्दै 'मिचिना युवा' 

म्यान्मार ‘कू’: त्राससँगै शोकमा छन् नेपालीभाषी 

म्यान्मारको कू: मारिनेमा किशोरीदेखि ट्याक्सी ड्राइभरसम्म 

सैनिक शासनबाट पिल्सिएको म्यान्मारको यस्तो हाल 

 

प्रकाशित मिति: : 2021-04-17 19:59:00

प्रतिकृया दिनुहोस्