मेयर फागोको समूहबाट पिटिएका भण्डारी भन्छन्- धम्कीका कारण भूमिगत भएको हुँ

मेयरकाे कार्य कक्ष बाहिर कुटाइ खाएर केही समय चुपचाप बसेका उर्लाबारी-५ का विष्णुप्रसाद भण्डारी सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका छन्। उनले आज सामाजिक सन्जालमा लेख्दै धम्किका कारण आफू ज्यान बचाउन भूमिगत भएको बताएका छन्।

टहरा निर्माणको काम रोकिएपछि गुनासोको लागि नगरपालिकामा पुग्दा मेयर खड्ग फागोको समुहबाट उनी पिटिएका थिए। नगरपालिकामा कुटपिटको घटना घटेपछि घरमा तालाचाबी लगाएर सम्पर्कबिहिन बनेका भण्डारीले सामाजिक सञ्जालमा आफ्नो कुरा राख्दै आफु भुमिगत हुन बाध्य भएको बताएका हुन्। 

आफ्नो भवन निर्माण कार्य रोकिएको विषयमा जानकारी लिन जाँदा उर्लाबारी–५ का  भण्डारी र उनीसगैँ रहेका उर्लाबारी–८ का नारायण बस्नेतमाथि मेयर फागोको अगुवाइमा आक्रमण भएको थियो।


मेयरद्वारा पिटिएका व्यक्तिलाई अभद्र मुद्धा (भिडियाे)


गत माघ ४ गतेदेखि बिनाकारण आफ्नो पक्की टहरो निर्माणको काममा अवरोध गरेको भन्दै भण्डारी सो विषयमा निर्माण गर्न नपाउनुकाे  कारण खोज्दै नगरपालिका पुगेका थिए। उनले निमित्त प्रशासकीय अधिकृत मुरारी घिमिरेको कार्यकक्षमा पुगेर ‘आफ्नो काममा किन अवरोध गरिएको?’ भन्दै जानकारी मागेका थिए।

घिमिरेले ‘यस विषयमा मेयरलाई नै बुझ्नु’ भनेर पन्छिएपछि मेयरको कार्यकक्षतर्फ लाग्दै गर्दा एक्कासी आफूहरूमाथि स्थानीय दुर्गा फागो र ड्राइभर भनिने दीपेन्द्र धिमालले जथाभावी प्रहार गरेको  बिष्णु भण्डारीले सामाजिक सञ्जाल मा लेखेका छन्।


मेयरको अगुवाईमा सेवाग्राहीमाथि भएको आक्रमणबारे एमाले र यूवा संघद्वारा निष्पक्ष छानविन गर्न माग


आफ्नो काम रोकिएको बिषयमा गुनासो राख्न जानेक्रममा मेयर खड्ग फागो र उनका भतिजा दुर्गा फागोबाट पिटिएका नारायण बस्नेत नै थुनामा हुनुले झनै आश्चर्यचकित बनाएकाे भण्डारीले जनाएका छन्। 

उनले नारायण बस्नेतको रिहाइको लागि स्ट्याटसबाट बिनम्र अनुराेध गर्छु भनेका छन्। घटनाको बारेमा मेयरलाई कुनै गतल आक्षेप नलगाएको र यथार्थको लागि नगरपालिकाका सिसिटिभी फुटेज हेरे सहि गलत छुट्टयाउन सकिने भण्डारीको भनाई छ।  

उनी लेख्छन्- 'नगरपालिका जस्तो  ठाउँमा हामीले के को दुश्मनी देखाउनु, के त्यो  मान्य कुरा हुन्छ?  के गणतन्त्र ले यहि भन्छ? के लोकतन्त्र यसैको लागी बनाइएको हो?'



आकाशबाट खसेको जहाज यसरी बचाएँ

प्रकाशित मिति: : 2021-04-19 19:38:00

प्रतिकृया दिनुहोस्