बिएल संवाददाता
सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र निलम्वित वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंको नक्सालस्थित होटल मेरियट छलफल सुरु भएको छ।
छलफलमा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन्। बुधबार योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएका थिए।
एमालेभित्रकाे विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले 'वार कि पार' को प्रयास थालेका छन् ।ओलीले दुई दिनपछि बस्ने एमाले केन्द्रीय कमिटी बैठकले 'समानान्तर गतिविधि' नरोके नेपालसहित सो पक्षका नेतालाई सांसदबाट समेत हटाउने तर मिलाउनका लागि हदैसम्म लचिलो भएर प्रस्तुत हुने तयारी गरेका छन्।
पछिल्लो स्पष्टीकरणपछि नेपाल पक्ष थप कमजाेर भएको छ । उनीमाथि मिल्नका लागि योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका उनी पक्षधर सांसद्को पनि दबाब छ।
उनीसँग केवल २७ सांसद् मात्र बाँकी छन् । पार्टीविरोधी गतिविधि बन्द नगरे तीमध्येका सात जना समानुपातिक सांसद् समेत फेर्ने तयारीमा ओली रहेका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया