बिहिबार, २१ अगस्ट २०२५

निषेधाज्ञा उल्लंघन गर्ने १५ सय सवारी साधनलाई कारवाही

News Image
• • •

उपत्यकामा भएको निषेधाज्ञाको अवज्ञा गर्ने १५ सय सवारी साधनहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।

आजदेखि लागू भएको सवारी साधन निषेधमा जबर्जस्ती र चलाउन नमिल्नेले चलाएका भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले १५ सय सवारी साधनलाई कारवाही गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए।

‘हामीले बिहानदेखि दिउँसो १२ बजेसम्म १५ सय सवारी साधन होल्ड गरेका छौं,’ प्रवक्ता अधिकारीले भने।

१ हजार २ सय मोटरसाइकल, ३ सय चार पाङ्ग्रे सवारी साधन र केही बसहरु नियन्त्रणमा लिएर होल्ड गरेको महाशाखाले जनाएको छ। महाशाखाले उपत्यकाका सबै ठाउँमा ट्राफिक प्रहरीलाई कोरोना भाइरसको संक्रमण सम्बन्धि जनचेतना फैलाउने 'प्ले कार्डहरु' सहित डिउटीमा खटाएको छ।

यस्तै निषेधाज्ञाको अवज्ञा गर्दै बाहिर निस्कने २९१ जना पुरुष र ९१ जना महिला गरी ३ सय ४ सय ५ जनालाई कारवाही गरेको प्रमुख एसएसपी ओशक सिँहले जानकारी दिए। 

बिहिबार, बैशाख १६, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)