बिहिबार, २८ अगस्ट २०२५

भेरी अस्पतालमा आक्रमण : छानबिन समिति भन्छ–पीडितहरू आवेगमा आएर घटना भयो

News Image
• • •

एक साताअघि नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणबारे छानबिन गर्न गठित समितिले पीडितहरू आवेगमा आएर घटना भएको प्रतिवेदन तयार गरेको छ ।

दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारको क्रममा १३ जेठमा मृत्यु भएपछि उनका भाइ मानबहादुरसहितका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए । डाक्टर र स्टाफ नर्सहरूले एक तलामाथिबाट हाम फालेर ज्यान जोगाएका थिए । मानबहादुर एमालेको दाङ निर्वाचन क्षेत्र नम्बर ३ का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।

घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा भेरी अस्पताल विकास समितिका सदस्यद्वय कृष्णप्रसाद श्रेष्ठ र धनराम ओली, नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्ण, नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी, नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. रोमन किदवाई, जिल्ला प्रहरी कार्यालयका डिएसपी सुभाष खड्का सदस्य रहेको समिति बनाइएको थियो । 

बिहिबार, जेठ २०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!