
अनलाइनखबर
पूर्वराजदूत विजयकान्त कर्णले सरकारको खोप कूटनीति विफल भएको टिप्पणी गरेका छन् । उनका अनुसार जतिबेला नेपालले खोपका लागि जतिबेला कूटनीतिक कौशल देखाउनुपर्थ्यो, देखाएन । जतिबेला नेपालले खोपका लागि कूटनीतिक पहल थाल्यो, परिणाम आएन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका राष्ट्रप्रमुखलाई चिठी लेखेर खोप उपलब्ध गराउन आग्रह गरेपनि चिसो प्रक्रिया आएको छ ।
पूर्वराजदूत कर्णका अनुसार खोप कूटनीति विफल हुनुको कारण नेपालले गुमाएको विश्वसनीयता हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा नेपाल अन्तर्राष्ट्रिय मञ्चमा देखिन र सुनिन थालेको बताए पनि व्यवहारमा त्यस्तो नभएको भन्दै भन्छन्, ‘सुनिने र देखिने त्यतिबेला हो, जतिबेला तपाईंलाई अप्ठेरो पर्छ । यसको मतलब हामी अप्ठेरोमा परेको समयमा ती मुलुक हामीसँग देखिनुपर्छ ।’
प्रधानमन्त्री ओलीले संसदबाट भारतलाई गाली गरेको, अमेरिकासँग एमसीसीबारे पाँच वर्षदेखि जोरी खोजिरहेको र विभिन्न कारणले बेलायतको विश्वास पनि गुमाएको भन्दै उनले भने, ‘ओलीले विदेश नीतिलाई आफ्नो सत्ता बचाउने खेलमा प्रयोग गर्दा हाम्रा ऐतिहासिक सम्बन्धहरूमा ठूलो समस्या उत्पन्न भयो । यिनै कारणले गर्दा नेपालले समयमा खोप ल्याउन सकेन ।’
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया