अष्ट्रेलियाको सिमाना खुल्ला गर्न हतार छैन : व्यापार मन्त्री

फाइल तस्वीर
फाइल तस्वीर

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला नगर्ने संकेत गरेको छ।

अष्ट्रेलियाका व्यापार मन्त्री डान टेहानले अन्तर्राष्ट्रिय सिमाना तत्काल खुल्ला गर्न अष्ट्रेलियालाई हतार नभएको स्पष्ट पारेका हुन्।

सिमाना खुल्ला गर्नु कति ठिक र कति बेठिक भन्ने विषयमा सरोकारवाला र विज्ञहरुसँग परामर्श तथा छलफलहरु भइरहेको उनले बताए।

सिमाना अहिले नै खुल्ला गर्न हतार गर्न नहुने सुझाव अधिकांश विज्ञ तथा सरोकारवालाहरुले दिएकाले अझै केही समय सिमाना नखुल्ने उनले स्पष्ट पारे।

विशेष सेवा र अवस्थाका लागि भने निर्धारित सर्तहरु पुरा गरेर हवाई यात्रुहरुलाई भने अष्ट्रेलियाले आवत जावत गर्न दिएको छ।

न्यूजील्याण्ड र अष्ट्रेलियाका बीचमा  हवाई सेवा गत अप्रिलदेखि खुल्ला गरिएको छ। तर सबै देश तथा क्षेत्रलाई अष्ट्रेलियासँगको सिमाना खुल्ला गर्न भने अस्वीकार गरिएको छ।

कोरोनाभाइरसको महामारी अझै पनि खतरामुक्त अवस्थामा नरहेकाले सिमाना खोल्ने जोखिम लिन नचाहेको व्यापार मन्त्री टेहानले बताए।रासस/सिन्ह्वा

प्रकाशित मिति: : 2021-06-20 15:24:00

प्रतिकृया दिनुहोस्