
बिएल संवाददाता
निषेधाज्ञाका कारण करिब दुई महिनादेखि बन्द रहेका 'पठाओ' र 'टुटल' लगायतका ‘राइडिङ’ सेवा आजबाट संचालनमा आएको छ।
'पठाओ' र 'टुटल' सेवा कम्पनीले सरकारले निजी सवारीमा जोर बिजोर लागु गरेकाले आफूहरु पनि जोर बिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन्।
काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूकाे बैठकले मंगलबारदेखि निजी सवारी साधनमा जोर बिजोर प्रणालीमा संचालन गर्ने निर्णय गरेको हाे।
जस अन्तर्गत 'पठाओ' र 'टुटल' सेवा पनि पर्दछन्। करिब दुई महिनादेखि ट्याक्सी, मोटरसाइकलमा टुटल र पठाओ सेवा सञ्चालन हुन पाएका थिएनन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया