शुक्रबार, १९ सेप्टेम्बर २०२५

एउटा ढुङ्गाले जोगायो चनौटेको माथ्लो भाग (भिडियोसहित)

बाह्रखरी

बाह्रखरी

काठमाडाैं
News Image
• • •

चनौटे (सिन्धुपाल्चोक)। पश्चिमोत्तर सिन्धुपाल्चोकको अवस्था अवर्णनीय छ। बाढी गएको साता दिन बितिसक्दा पनि त्यहाँ नागरिकहरूको आँखा ओभाएका छैनन्। सेमेसिदाङ हिमालको फेदीमुनि भेमाथाङको चौर खसेर थुनिएको हेलम्बु/मेलम्ची नदी एक्कासि खोलिँदा आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको तटीय भू–भागहरू विशालकाय ढुङ्गासहितको बगरमा परिणत भएको छ।

असार १ गते आएको बाढीले तिम्बु, किउल, चनौटे, ग्याल्थुम क्षेत्रका खेतीयोग्य जमिन बगाएको छ। भीमकाय ढुङ्गासहितको बाढी घरतिर सोझिँदा कयौँ घरहरूका अवशेषसमेत भेटिँदैनन्। कति संरचना खोलाको बीचमा डुबेको हालतमा छन्। 

ठुल्ठूला चट्टानसहितको भेलबाढीले कैयन् भौतिक संरचना भग्न–खण्डहर तुल्याइरहँदा विशालकाय पत्थरकै कारण चनौटेबजारको केही भाग जोगिएको छ।

बाटो तल, भूकम्पछि उभिएका संरचनाहरू बाढीले क्षतविक्षत तुल्याउँदा पुछारमा रहेको नागढुङ्गाले बजारको माथ्लो भाग जोगाएको स्थानीय नरबहादुर बस्नेत बताउँछन्।

चनौटेको पुछारमा गुँडुल्किएर बसेको नागआकृतिको पत्थर कहिलेदेखि थियो भनेर स्थानीयबासीको मतैक्य छैन। कसैले आफूले थाहा पाएदेखि यहीँ थियो र यसको कम्तीमा पनि दुई सयवर्ष इतिहास हुनुपर्छ भनेर लख काट्छन्। कसैले बाढीले बगाएर ल्याएको हुनसक्ने पनि बताउँछन्।

मंगलबार, असार ०८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)