बिहिबार, १४ अगस्ट २०२५

मस्र्याङ्दीको वहाव फेरि बढ्दै

File photo
• • •

मनाङ जिल्ला भई बग्ने मस्र्याङ्दी नदीमा फेरि पानीको वहाव बढेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चामे गाउँपालिका –४ र ५ जोड्ने नदीमा पानीको मात्रा बढेर मोटरेवल पुलको माथि आएको छ। 

चामे बजार नजीकै वर्षाका कारण नदीमा पुनः पानीको वहाव बढ्न जाँदा जोखिम बढेको प्रहरी कार्यालयले जनाएको छ। चामे क्षेत्रका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। रासस 

मंगलबार, असार ०८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)