एक हैन, अठ्ठाइस बुद्ध

हिमाल खबर

काठमाडौँ

बुद्धहरूका सम्बन्धमा स्वयं गौतम बुद्धले गरेका वर्णनहरू ‘त्रिपिटक’ अन्तर्गतको ‘बुद्धवंश’ ग्रन्थका साथै अन्य स्रोतहरूमा पाइन्छ। बौद्धहरू बुद्धको पूजा गर्दा अतीत, वर्तमान र भविष्य गरी समुच्च रूपमा सबैलाई वन्दना गर्छन्।

दैलेखको दुल्लु नगरपालिकास्थित पादुकास्थानको खुला ठाउँमा राखिएका अनेक मूर्ति र कला जस्ता प्राचीन वस्तुको माझमा ८० X ४५ सेन्टिमिटरको शिलालेखको थालनी ‘ॐ स त बुध’ बाट गरिएको छ।

‘सतबुद्ध’ को अर्थमा प्रयुक्त भए पनि यसका बारेमा बुझ्न सकिएको छैन। इतिहासकार धनबज्र वज्राचार्यले आफ्ना दुई लेखमा यो अभिलेख प्रकाशन गर्दा शुरूको यही पंक्तिलाई अस्पष्ट वा अनुपलब्धको संकेत दिएर छाडेका छन्। जसका कारण ‘सतबुद्ध’ का बारेमा चर्चा नै भएन। जब कि यो शुरूको पङ्क्ति स्पष्ट पढ्न सकिन्छ।

बुद्ध भन्ने बित्तिकै कतिपयले व्यक्तिविशेषको नाम बुझ्ने गर्छन्। उनीहरूको बुझाइमा बुद्ध भनेका इसापूर्व ५६३ मा मायादेवीको कोखबाट लुम्बिनी वनमा जन्मेका गौतम बुद्ध मात्रै हुन्। तर, बुद्धको सम्बन्धमा यो निकै संकुचित बुझाइ हो।

प्रकाशित मिति: : 2021-06-25 07:49:00

प्रतिकृया दिनुहोस्