महामारीमा बढेको महिला हिंसा : घर नै असुरक्षित!

हिमाल खबर

काठमाडौँ

लक्ष्मी बस्नेत

कोरोनाभाइरसको संक्रमणबाट बच्न सकभर घर बाहिर निस्किन नहुने स्वास्थ्य सुरक्षाको मापदण्ड छ, तर यही निषेधाज्ञाको समयमा श्रीमान् र परिवारका सदस्यबाटै हिंसा र यातना भोगेका महिलाहरूका लागि घर नै असुरक्षित बनेको छ।

 

घटना १
२९ जेठको राति रौतहटको चन्द्रपुर नगरपालिका–४ का दीपक विकले ३८ वर्षीया श्रीमती दीपिका विकलाई एसिड छ्यापे। उनीहरूबीच साँझ ६ बजेतिर विवाद भएको थियो। केहीबेरपछि आफ्नै सुनचाँदी गहना पसलबाट बोतलमा एसिड लगेर हानेका थिए। एसिड हानेपछि छेक्ने क्रममा दीपिकाको बायाँ पाखुरा, कम्मर र पेटमा लागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी अधिकारीले बताए। एक निजी अस्पतालमा उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको छ। उनीहरूको पारिवारिक विवादको कुरा यसअघि पनि प्रहरीमा पुगेको र श्रीमतीले अंश मुद्दा हालेको आफन्तहरूले बताएको प्रहरीले जनाएको छ। 

घटना २
डोटीको आदर्श गाउँपालिका–४ की २८ वर्षीया लक्ष्मी भाटलाई १३ जेठमा आफ्नै श्रीमान्‌ले जलाए। उनी १८ जेठदेखि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छिन्। लक्ष्मी गर्भवती छिन् भने उनीसँगै जलाइएकी २ वर्षकी छोरीको पनि उपचार भइरहेको छ। 
 

प्रकाशित मिति: : 2021-07-01 14:30:00

प्रतिकृया दिनुहोस्