बिहिबार, २८ अगस्ट २०२५

सिनेमा नेपालीको आधारभूत आवश्यकता हो ?

बाह्रखरी

बाह्रखरी

काठमाडौँ
News Image
• • •

दर्शक र यसको अवधारणा के हो भन्नेमा पहिला स्पष्ट हुनुपर्छ।

नेपालमा दर्शकको अस्तित्त्व के हो भन्ने विषयमा त्यति धेरै गम्भीर भएर सोचेको पाइएको छैन। दर्शक आफैँमा स्वार्थ समूह हो। दर्शक स्वार्थ हो। दर्शक जीवनका थुप्रै उतार–चढावको सामना गर्दै बाँचिरहेको हुन्छ। त्यसैले पहिलो दर्शक के हो भनेर यसको गहिरो विश्लेषण आवश्यक छ।

सिनेमा कथा हो। तर, दर्शक यथार्थ हो। कथा र यथार्थबीच सधैँ द्वन्द्व भइरहन्छ। सर्जकहरु सधैँ कथाको संसारमा हुन्छन्। तर, दर्शक जहिले पनि यथार्थको संसारमा हुन्छ। सर्जकको चाहना कल्पना र कथाको संसारबाट यथार्थको संसारमा पदार्पण गर्नु हुन्छ।

तर, दर्शकको चाहना यथार्थको संसारबाट कथाको संसारसँग अन्तरक्रिया गरौँ भन्ने हुन्छ। यी दुई विपरीत अवधारणा हुन्। संसारमा चल्ने हरेक प्रक्रियामा विपरीत अवधारणाको मेल हुन्छ। विपरीत अवधारणाको मेल त्यति बेला हुन्छ, जति बेला आवश्यकता र पूर्तिबीचको सम्बन्ध स्थापित हुन्छ।

शनिबार, असार १९, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)