
नागरिक दैनिक
सप्तरीका ४५ वर्षीय रामप्रित सदा र उनकै साथी अवस्थी सदाको शुक्रबार राति १० बजे साउदीको उडान छ। उडानअघि उनलाई जोन्सोनको खोप लगाउनु र खोप लगाएको प्रमाणपत्र तयारी गर्नुछ। यो कामका लागि उनी दुई दिनअघि नै सप्तरीबाट काठमाडौं आएका हुन्। सदा बिहीबार दिनभरि राजधानीका तीनवटा खोप केन्द्रमा पालैसँग लाइन बसे। तर सबै ठाउँमा खोप लगाउन पाएनन्।
कारण उनको पालो आउनुअघि नै खोप सकियो। त्यसपछि सदा, उनको साथी अवस्थी सदासहित तीनजना शुक्रराज सरुवा अस्पतालमा पुगे। टेकु पुग्दा पनि खोप लगाउने लाइन सकिएको थियो। उनीहरू तीनैजना यो अस्पतालमा दिउँसो भेटिएका थिए। खोप नपाएपछि उनीहरू दुवै काम स्थगित गरेर बसिरहेको गौशाला होटेलमा फर्किने तयारीमा थिए।
‘आज तीन ठाउँ पुग्यौं, खोप कतै लगाउन पाएनौं, भोलि विहान ७ बजे आउनु भनेका छन् ’ उनले भने। तर उनीहरू तीनै जना भोलि खोप लगाउन पाइने हो कि होइन ? खोप पाइहालेपनि भोलि नै हजारौैको लामो लाइन छिचालेर खोप प्रमणीकरण पत्र पाइएला किन नपाइला ? मनमा दोधार बोकेर फर्किन लागेको बताए। ‘भोलि खोप मिलेन भने हाम्रो जहाज छुट्छ,’ रामप्रितले भने।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया