सखुवानन्कारकट्टीकाे समग्र विकासमा संवेदनशील छु: गाउँपालिका प्रमुख केदार यादव (भिडियाे)

नेपालकाे कम्युनिष्ट आन्दाेलनमा लामाे समयदेखि सहभागी केदार यादव सिरहाकाे सखुवानन्कारकट्टी गाउँपालिकाका प्रमुख हुन्।

नेकपा (एमाले) काे राजनीतिमा सक्रिय यादवले गाउँपालिका प्रमुख बनेपछि समग्र गाउँपालिकाकाे विकासमा क्रान्ति नै ल्याए। गाउँपालिकाकाे शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्रै हाेईन, विकास निर्माणमा पनि उल्लेखनीय कामहरू गरे।

कृषिलाई आधुनीकीकरण गर्न किसानहरूसँग हातेमालाे गरिरहेका उनी सखुवानन्कारकट्टीलाई पर्यटन क्षेत्रकाे रूपमा विकास गर्न लागि परेका छन्।

आन्तरिक विवादमा एमाले फसेकाेमा चिन्तित बनेका यादव एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले अकल्पनीय विकास निर्माणकाे काम गरेकाे दावी गर्छन्।

उनै केदार यादवसँग बिएल नेपाली सेवाकाे लागि सन्ताेष बराइलीले कुराकानी गरेका छन्:

प्रकाशित मिति: : 2021-07-30 14:01:00

प्रतिकृया दिनुहोस्