बिहिबार, २१ अगस्ट २०२५

भारत र चीनलाई ठीक पार्न एमसीसी आवश्यक छ: 'दीपक मनाङे'

कमल विक

कमल विक

काठमाडौँ
News Image
• • •

‘तराईको जग्गा भारतले खाइसक्यो। पहाडको जग्गा चीनले खाइसक्यो। उनीहरुसँग लड्न हामीसँग त हतियार छ न त आर्थिक हैसियत। त्यसैले उनीहरुलाई ठीक पार्ने भनेकै एमसीसी ल्याएर हो। त्यसैले हामीले एससीसीको विरोध हैन, नमस्कार गरेर स्वागत गर्नुपर्छ।’

उक्त भनाइ हो– गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) को। गत साता उनी काठमाडौंको ठमेलमा आफ्ना कार्यकर्तासँग भेटिएका थिए। 

प्रदेश सरकारका मन्त्री मनाङेले अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेसनसँग नेपाल सरकारले गरेको एमसीसी सम्झौतालाई चीन र भारत दुवैलाई ठीक पार्ने हतियारको रुपमा व्याख्या गरे। 

उनले व्याख्या गरे,‘तराईको उर्वर भूमि भारतले खाइसक्यो। पहाडको भूमिलाई चीनले विभिन्न बहानामा मिच्न थालेको छ। उनीहरुसँग हामी लड्नसक्ने कुरै भएन’, प्रदेश मन्त्री मनाङेले भने, ‘हामीले त अब शक्ति राष्ट्रको मद्दत लिने हो। एमसीसीको विरोध गर्ने होइन, एमसीसीलाई बोलाएर राख्नुपर्छ।’

‘नेपालीले एमसीसी चाहिदैन भन्नु भनेको भारत र चीनलाई हाम्रो भूमि आफैँ खाऊ भन्नु हो। हामीले उनीहरुलाई ठीक पार्ने भनेकै एमसीसी ल्याएर हो’, मन्त्री मनाङे्ले भने, ‘एसीसी ल्याउन हुँदैन भन्ने नेताहरु भारत–चीनकै प्लानमा चलेका छन्।’  

एमसीसीबारे अध्ययन नै नगरी नेताहरुले कार्यकर्तालाई उचालेर विरोध गरेको उनले बताए। उनले एमसीसीको विरोध गर्नेहरुले भारत तथा चीनबाट लाभ लिएको समेत मन्त्री मनाङे्को आरोप छ।



दीपक मनाङेले भनेः 'जोकरलाई मुख्यमन्त्री बनाएछौं'

मान्छे खान नपाएर मर्न लागि सक्यो, कहाँ मन्त्रीमण्डलको कुरा गरेर हुन्छ अहिले?



‘हेर्नुस्,अहिले जसले एससीसीको चर्को विरोध गर्दैआएका छन् उनीहरुले पहिला एमसीसी ल्याउन दिने भनेर टन्न पैसा खाए। अहिले उनीहरु नै एमसीसी चाहिँदैन भनेर उफ्रिएका छन्।’ 

नेपालजस्तो अविकसित मुलुकमा कोही पनि धनी देशले विकास गर्न आउँछु भन्नुलाई गलत भन्न नमिल्ने उनले बताए। ‘हामीले आफ्नो देशको राष्ट्रिय सुरक्षा नीति बलियो बनाउनुपर्याे। त्यहीअनुसार लागू गर्नुपर्याे। सम्झौता गर्दा हेर्दै नहेरी सही गर्नु भएन।

हामीले देशको हित र राष्ट्रिय सुरक्षालाई दखल पर्ने खालका सर्तहरुबारे पहिले नै विचार गर्नुपर्याे। कुरा बुझ्नु छैन, खाली विरोध मात्र गर्या छ’, मन्त्री मनाङे्ले भने।

आइतबार, श्रावण २४, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)