बिहिबार, २१ अगस्ट २०२५

अफगानिस्तान: शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुँदै

Photo : NDTV
• • •

अफगानिस्तानको राजधानी तथा मुख्य शहर काबुलमा तालिबान प्रवेश गरेसँगै यहाँको अवस्था थप बिग्रिएको छ। देशभर आतंक मच्चिएको छ भने सर्वसाधारण त्रसित बनेका छन्।

यसैबीच गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणलागि वार्ता भइरहेको बताएका छन्।

काबुलको धेरै क्षेत्रमा तालिबानको झण्डा र लडाकुहरु देखिएका छन्। तर तालिबानले भने आफ्ना लडाकुहरुलाई काबुलको गेटमा नै बस्न निर्देशन दिएको दावी गर्दै आएको छ।

यससँगै गृहमन्त्री मिर्जाक्वानले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने जानकारी दिदै अहिले तालिबान र सरकारी अधिकारीहरुबीच वार्ता भइरहेको बताएका छन्। 



तालिबान काबुल छिरेपछि राष्ट्रपतिले बाेलाए आकस्मिक बैठक

अफगानिस्तान: जलालावादलाई कब्जापछि चारैतिरबाट काबुल पसे तालिबान लडाकू

अफगानिस्तानमा कार्यरत १४ सय नेपाली सरकारको जानकारीमा, साढे १२ हजार बढी नेपालीबारे परराष्ट्र मन्त्रालय बेखबर

अफगानिस्तानमा कार्यरत १४ हजारभन्दा बढी नेपालीलाई तत्काल उद्दार गर्न सरकारलाई दबाब 

आइतबार, श्रावण ३१, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)