बुधबार, १३ अगस्ट २०२५

विद्यालयको सम्पर्कमा छैनन् २० प्रतिशत विद्यार्थी, मजदुरका छोराछोरीको दुखेसो- मोबाइल र इन्टरनेट छैन, कसरी पढ्नु ?

शिलापत्र

शिलापत्र

दिनेश गौतम
News Image
• • •

‘मोबाइल छ, इन्टेरनेट छैन। दुई दिन घरबेटीले वाइफाइ दिनुभएको थियो। त्यसपछि काट्नुभयो। नेट नभएपछि अनलाइन कक्षा पनि छुट्यो,’ काठमाडौं ठमेलकाे श्री जुद्धोदय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत अनिशा लाब्रेले गुनासो पोखिन्। साथीहरू अनलाइनबाट पढिरहेका छन् तर इन्टरनेट नभएका कारण अनिशाले कक्षा लिन पाइरहेकी छैनन्। उनी कोठामा त्यत्तिकै बस्न विवश छिन्। 

अनलाइन कक्षाबाट वञ्चित भएकी अनिशालाई हामीले सोध्यौँ, ‘अब कसरी पढ्ने त ?’

‘साथीहरूबाट नोट सारेर भए पनि पढ्नुपर्छ,’ उनले छोटो उत्तर दिइन्।

मकै बेचेर गुजारा चलाउने अनिशाको परिवारले कोठामा वाइफाइ जोड्न सकेको छैन। अनिशाकी आमा सीता भन्छिन्, ‘वाइफाइ जोड्न १५ हजार लाग्छ रे। त्यत्रो पैसा कहाँबाट ल्याउनु ? पैसा हालेर इन्टरनेट चलाउने स्थिति छैन।’

आइतबार, भाद्र १३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!