
बिएल संवाददाता
बलिउड कलाकार तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको गत बिहिबार निधन भएपछि उनकी प्रेमिका शहनाज गिलको अवस्था बिग्रिएको छ।
बिहाबारबाट बिग्रिएको अवस्था अझै उस्तै छ। उक्त जोडी ‘सिडनाज’ उपनामले दर्शकहरुको माझ परिचित थियो। ‘बीग बोस १३’मा उनीहरुको सम्बन्ध नजिक भएसँगै एकअर्कालाई डेट गरिरहेका थिए।
यतिबेला शहनाजले आफ्नो छायांकनको सम्पूर्ण सेड्यूल स्थगित गरेकी छिन्। उनी अहिले पनि कसैसँग कुरा गर्ने अवस्थामा नभएको उनका पिताले जानकारी दिएका छन्।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया