
बिएल संवाददाता
दुबै मृगौला फेल भएर विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ अभिनयमा फर्किएकी छन्। उनले हिजो मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफू अभिनयमा फर्किएको जानकारी दिएकी हुन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले केही तस्बिर अपलोड गर्दै लेखेकी छन्, ‘आज बेलुका ‘मेरी बास्सै हेर्नुहोला। म भेट्न आउँदैछु।’
उनको मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी रहेको छ। करिब ५ वर्षदेखि डायलाइसिस गराइरहेकी पल्पसा ६ महिना अगाडि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया