बुधबार, १३ अगस्ट २०२५

धनुषा– ३ बाट उपसभापति निधिसहित सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत

File Photo
• • •

नेपाली काँग्रेस धनुषा क्षेत्र नं– ३ बाट पार्टी उपसभापति विलमेन्द्र निधि लगायतका सबै महाधिवेशन प्रतिनिधि सर्बसम्मत चयन भएका छन्।

आइतबार सम्पन्न अधिवेशनबाट क्षेत्रीय सभापतिमा धीरेन्द्र निधि चयन भएका छन्। महाधिवेशन प्रतिनिधिमा उपसभापति निधि, प्रदेश नं– २ संसदीय दलका नेता एवं मन्त्री रामसरोज यादव, सांसद स्मृतिनारायण चौधरी, प्रदेश सभासद शिवचन्द्र चौधरी चयन भएका छन्।

यसैगरी, कन्हैया कर्ण, प्रफुल्ल घिमिरे, बजरंग साह, जीवनाथ चौधरी, किशोरी साह, संजय गुप्ता, रामबाबु यादव, दिनेशचन्द्र दिपक, गणेश तिवारी, सुरेन्द्र चौधरी, दिगम्बर राय छन्।

अन्य महाधिवेशन प्रतिनिधिमा अनामिका निधि, मिनाक्षी झा, निलम कर्ण, सम्झना वर्मा, विजेता झा, प्रमिला दास, मो.सोएब, धनिकलाल दास र मिनु केसी पनि सर्बसम्मत चयन भएका छन्।

आइतबार, मंसिर १२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)