हिमाल खबर
इतिहासका पाना पल्टाउँदा नेपालमा कतिपय जातिलाई ‘वीर’ को संज्ञा दिई तिनका सन्तानलाई अहिले पनि ‘काजी’ सम्बोधन गर्ने चलन जारी राखिएको छ। खास गरी थापा, बस्नेत, पाँडे, कुँवर आदि खसक्षेत्रीलाई इतिहासमा वीरका रूपमा विशेष स्थान दिइएको छ। तर, नेपाल निर्माणमा उत्तिकै योगदान भएका मगर जातिको शौर्य र वीरताबारे उल्लेख गर्नमा इतिहासविद्हरूले छाती चौडा पार्न सकेका छैनन्। जबकि, यही जातिले ‘नेपाली वीरता’ लाई विश्वमा परिचित गराएको मात्र होइन, बारम्बार पुष्टि समेत गर्दै आएको छ।
गोरखा : मगरहरूको राजधानी
द्रव्य शाह गोरखाका प्रथम शाहवंशीय राजा हुन्। शाहहरूको उदयअघि गोरखा खड्का थरका मगर राजाको राजधानी थियो। यहाँका शासक खड्का मगरभित्र पनि सामरी थरका मगर थिए (योगी नरहरिनाथ, ‘श्रीमगर गुरुङ वंशावली’–२०७८ः९)।
छुट्टै राज्य निर्माण गरी राजा बन्न अगाडि बढेका द्रव्य शाह (लमजुङे राजा नरहरि शाहका भाइ)ले लिगलिग कोेटको दौड प्रतियोगितामा भाग लिने बहाना बनाएर लिगलिगको तल्लोकोटमा आफ्नो अधिकार स्थापित गराए। उनलाई क्षत्रिय कुलका गणेश पाँडेले साथ दिइरहेका थिए। यसको केही समयपछि रागिनास–कोट उनको अधिकारमा आयो। उनले अर्को लक्ष्य गोरखा–कोटलाई बनाए। आफूसँग रहेका जति सबै योद्धा साथ लिएर आक्रमण गरे। १५ दिनसम्म गोरखाका राजा खड्का मगरसँग घमासान युद्ध भयो। द्रव्य शाहले खड्का राजालाई आत्मसमर्पण गराउन हरसम्भव कोशिश गरे, तर राजा गलेनन्। अन्ततः उनले राजालाई तरबार प्रहार गरी त्यहाँ खड्का मगरहरूको शासन अन्त्य गराए (बाबुराम आचार्य, नेपालको संक्षिप्त वृत्तान्त–२०६३ः९१–९२)।
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
मिडिया ट्रायल बन्दै 'फागुन २१': तथ्यको हैन, भाष्यको परीक्षण
म भिखारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया