सुनगाभा स्कुलका शिक्षकले विद्यार्थीमाथि गरे निर्घात कुटपिट (भिडियाेसहित)

तेजन खड्का

विर्तामोड

झापाको बिर्तामोड-५ मा रहेको सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्।

विद्यालयका शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्यनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई मराशन्न हुने गरी कुटपिट गरेका हुन्।

पीडित विद्यार्थीले आफूलाई सोधेको कुरा नआउँदा शिक्षकले पिटेको बताए।

उनका अनुसार सरले छडीले खुट्टा, ढाँड र गालीमा एक सय पटक कुट्नु भयो। सरको कुटाइबाट खुट्टा नीलडाम बनेको र असाध्यै दुखिरहेको उनले बताए । विद्यालयमा सरको कुटाई खेप्नै नसकेको उनको भनाई छ ।

यस विषयमा अभिभावकले शिक्षकले माफी माग्नुपर्ने र कानुनी कारवाही भोग्नुपर्ने माग गरेका थिए। त्यसपश्चात् विद्यालय प्रसाशनले शिक्षकलाई भगाएको थियो।

आफ्नो नानीलाई शिक्षकले कुटेपछिको चोट हेर्न नसकेको र आफ्नो मन पनि थाम्न नसकेको आमा अन्जना तिम्सिनाको भनाइ छ।

छोराको खुट्टा र गालामा भएको चोट हेर्दै आमा अञ्जना भन्छिन्, 'यो विद्यालय कि यातनालय। यस्ता शिक्षकलाई कारबाही होस्।'

'यस विद्यालयप्रति मलाई धेरै विश्वास थियो, तर त्यो विश्वास अब रहेन,' उनले भनिन्, 'शिक्षकलाई छोरालाई कुटपिट गरेको कुरा थाहा थिएन, ३ बजे विद्यालयबाट फोन आएपछि म त्यहाँ पुगे, छोराको खुट्टामा नीलडाम हेरेपछि मैले त्यहाँ केही बोल्नै सकिन।' विद्यालयमा शिक्षकले कसरी पढाइरहेको छ ।

विद्यार्थी कुटपिटको घटना सामसुम पार्दै सुनगाभा स्कुल, कुट्ने शिक्षक रातारात बेपत्ता

'मेरो नानीले गृहकार्य गरेको छैन वा केही जान्दैन, पढाइमा कमजोर छ भनी विद्यालयले खबर गर्नु पर्दैन ? पढेको कुरा नजान्दा त्यसरी विद्यार्थीलाई कुटपिट गर्ने पाउँछ ?,' उनले भनिन ।

यसैबीच,कुटपिट गरिएको घटना सहमतिका नाममा सामसुम पारिएको छ।

वडा प्रतिनिधि, प्रहरी, टोल समितिका प्रतिनिधि, विद्यालय प्रशासन र पीडित पक्षबीच बिहीबार विद्यालयको एउटा कोठाभित्र सहमति भएको जनाइएको छ।

शिक्षक पोखरेलले विद्यार्थीलाई कुटपिट गरेर नराम्रो घटना घटाएको विद्यालयका प्रिन्सिपल मिलन श्रेष्ठले बताए। उनले घटनाका विषयमा पीडित पक्षसँग गल्ती स्वीकार गरी आइन्दा यस्तो घटना दोहोरिन नदिने उल्लेख गर्दै कुटपिट गर्ने शिक्षकलाई बुधबार नै विद्यालयबाट हटाइएको बताए। इलाम घर भई झापाको चारआलीमा बसेर शिक्षण पेसा गर्दै आएका पोखरेललाई जिल्लाका कुनै विद्यालयमा काम नपाउने गरी प्याब्सन/एनप्याब्सनलाई पत्र पठाउने सहमति जुटेको बिर्तामोड–५ का वडा सदस्य लक्ष्मी बाँस्कोटाले बताए। 

प्रकाशित मिति: : 2021-12-02 19:35:00

प्रतिकृया दिनुहोस्