बिएल संवाददाता
नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अब बाँकी जीवन देश र जनताको लागि समर्पण गरिसकेको बताएका छन्। शुक्रबार आफ्नो समूहले समानान्तररुपमा गरिरहेको बाग्लुङ जिल्ला अधिवेशनको उद्घाटन गर्न पुगेका उनले आफूनिकट कार्यकर्ताहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
अधिवेशनस्थलमा उनि निजी हेलिकोप्टर चढेर पुगेका थिए। जीवनमा अब लिनुपर्ने केही बाँकी नरहेको बताउँदै उनले जीवन रहेसम्म देश जनताकै लागि काम गर्ने बताए।
‘डडेलधुराको साधारण परिवारमा जन्मेको व्यक्ति हुँ। पाँच पटक प्रधानमन्त्री पाइसकेँ, मलाई जनताले दिइसक्नुभयो। मैले केही पाउनु पनि छैन। मैले आफ्नो जीवन रहेसम्म देशलाई दिने हो, जनतालाई दिने हो। अब दिनुपर्ने मात्रै छ’ देउवाले भने ‘मेरो जीवन रहुन्जेलसम्म नेपाली जनता, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने चाहन्छु।’
पार्टीको आधिकारिकता सर्वोच्च अदालतले आफ्नो समूहलाई नै आधिकारिकता विश्वास पनि देउवाको छ।
‘हिजो मलाई पञ्चायतकालमा थुनेर राखेको थियो। त्यो बेला अदालतले हिम्मत गरेर मलाई छोड्यो। पूर्वराजा ज्ञानेन्द्रको बेलामा पनि शाही आयोग गठन गरेर मलाई थुनेको थियो’ उनले भने ‘राजा अगाडि सर्वोच्च अदालत पनि डराए। सर्वोच्चले हिम्मत गर्यो, मलाई जेलबाट छोडेको हो। मलाई विश्वास छ, सर्वोच्च अदालतबाट पूरापूरा न्याय पाइनेछ।’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया