शुक्रबार, २२ अगस्ट २०२५

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १४ को मृत्यु, ९ जना बेपत्ता

File Photo
• • •

इन्डोनेसियाको जकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या १४ पुगेको छ। ज्वालामुखी विस्फोटमा परेर अरु नौ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकहारी दिएका छन्। हिजो राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) दिएको सामाचारअनुसार १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका थिए।

गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो। यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन्। ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ। यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि नौ जना व्यक्ति हराइरहेको जानकारी दिए।

उनका अनुसार हराएका ती व्यक्तिहरुको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने जनाउनुभयो ।जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो।  
 

सोमबार, मंसिर २०, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)