‘आगामी चुनावमा देउवाको ‘फेस’ले काँग्रेसलाई फाइदा हुन्छ’

देउवा ‘आउट गोइङ’ सभापति हो : सहमहामन्त्री डिना

रातोपाटी

काठमाडौँ

नेपाली काँग्रेसकी नवनिर्वाचित सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ शेरबहादुर देउवाको प्यानलबाट निर्वाचित एक्ली महिला पदाधिकारी हुन्। उनी सभापति देउवाको दोस्रो कार्यकाल सुखद र उत्साहजनक हुने बताउँछिन्। देउवा ‘आउट गोइङ’ सभापति भएकाले कसैले पनि उहाँसँग असहमति नराख्ने र संगठन मजबुद बनाउनतिर लाग्ने उपाध्यायको भनाइ छ।

रातोपाटीसँगको कुराकानीमा उपाध्यायले भनिन्, ‘पार्टीमा रुपान्तरण र पुस्तान्तरण पनि भएको छ। पार्टीको हरेक तहमा सोचेको जस्तो युवा पंक्ति आएको छ । यसमा पार्टीको पुरानो पुस्ता पनि समावेश छ। शेरबहादुर देउवाको दोस्रो कार्यकाल स्वर्णिम कार्यकाल हुनेछ।

 

महिलातर्फ सहमहामन्त्री निर्वाचित भएकी उनले आगामी महाधिवेशनमा आरक्षण नचाहिने गरी काम गर्ने बताइन्। उपाध्यायले भनिन्, ‘भोलि सबैमा प्रतिस्पर्धा हुने, आरक्षण नचाहिने अवस्था पनि आउँछ। हामीले त्यो बाटो तय गर्ने हो भन्ने मलाई लाग्छ। म त्यसमा काम गर्छु।’

प्रकाशित मिति: : 2021-12-24 14:09:00

प्रतिकृया दिनुहोस्