शुक्रबार, २२ अगस्ट २०२५

युद्ध बानियाँको बर्थडेमा पूजा शर्माको सेलिब्रेसन

News Image
• • •

नायिका पूजा शर्मा अक्सर चर्चामा रहने नाम हो। आफुले दिएका अभिव्यक्तिले होस् वा प्रेम सम्बन्धको चर्चाले होस्, उनी चर्चामा रहने गर्छिन्। फिल्म ‘प्रेमगीत’पछि सफलताको स्वाद चाख्दै आएकी पूजा पछिल्लो समय युद्ध बानियाँसँग प्रेम सम्बन्धमा रहेकोले विषयले चर्चामा देखिन्छन्।

आकाश श्रेष्ठसँगको प्रेम टुटेपछि उनी युद्धको प्रेममा परेको भन्दै फिल्मी क्षेत्रमा चर्चा हुन थालेको छ। यस विषयमा पूजा र युद्धले केही बताएका छैनन्। तर, यी दुईको प्रेम सम्बन्ध रहेको अड्कलबाजी फिल्मी क्षेत्रमा चर्चाको विषय बनेको छ।

यही बीचमा शनिबार युद्धले आफ्नो जन्मदिन मनाए। युद्धलाई जन्मदिनको शुभकामना दिने क्रममा पूजाले सामाजिक सञ्जालमा एक भिडियो राख्दै लेखिन्,‘जन्मदिनको शुभकामना साथी।’

यसपछि शनिबार बेलुका जन्मदिनलाई उत्सवमय बनाउन एक क्लबमा गरिएको सेलिब्रेसनका भिडियो पनि सामाजिक सञ्जालमा देखिए। जस कारण उनीहरूबीच प्रेम सम्बन्ध रहेको अड्कलबाजीलाई बल पुर्‍याएको देखिन्छ। 

आइतबार, पौष २५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!