शुक्रबार, २२ अगस्ट २०२५

हामीले नदेखेको दरबार

सेतोपाटी

सेतोपाटी

काठमाडौं
News Image
• • •

पनौती कथा शृंखला लेख्ने क्रममा आफूले भेटेका र कुराकानी गरेका मान्छेहरूलाई मेरो पहिलो प्रश्न हुन्थ्यो– पनौतीको इतिहास र किम्बदन्ती।

त्यसलगत्तै म अर्को प्रश्न सोध्न आतुर हुन्थेँ, 'पनौती लायकूबारे केही जान्नुहुन्छ? जान्नुहुन्छ भने भन्नुस् न!'

सबभन्दा पहिला कुरा गरौं, लायकू भनेको के?

लायकू भनेको दरबार हो। यसलाई राजकुल वा लालकुल पनि भनिन्छ। लालकुलबाटै लायकू शब्दको व्युत्पत्ति भएको र मल्ल शासनको मध्यकालदेखि यो शब्द चल्तीमा आएको संस्कृतिविद् ज्ञानकाजी मानन्धर बताउँछन्।

'मल्ल राजाहरूका राज्यमा लायकू हुन्थे। त्यसले ठूलो क्षेत्र ओगटेको हुन्थ्यो। त्यहाँ नाटक मञ्चन गर्न र दरबारका काम गर्न-गराउन डबली, पोखरी, ढुंगेधारा, इनार, मानिसहरूको जमघट निम्ति चोकहरू र लक्ष्मी, सरस्वती, गणेश, भगवती, तलेजु, नारायण, महादेव लगायत देवीदेवताका मूर्ति प्रतिस्थापन गरिएका हुन्थे,' मानन्धरले आफ्नो 'बनेपा सातगाउँ' किताबमा लेखेका छन्।

लायकूको यो परिभाषापछि अब हामी चिनौं पनौती लायकूलाई।

शुक्रबार, माघ ०७, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)