
बिएल संवाददाता
भारतका कमेडी किङ कपिल शर्मा चिनाइरहनुपर्ने नाम होइन। उनको कमिक टाइमिङले उनलाई जहिल्यै लोकप्रिय बनाएको छ। कपिल नयाँ शो ‘आई एम नट डन येट’ लिएर दर्शकमाझ आएका छन्। यो शोमा उनका केही किस्सा दर्शकले थाहा पाइरहेका छन्।
कपिल शर्मा कुनै समय डिप्रेसनको शिकार भएका थिए। उनले आफू डिप्रेसनमा हुँदा के गर्थे भन्ने कुराको खुलासा गरेका छन्। कपिल आफ्नो शो बन्द हुँदा डिप्रेसनमा पुगेका थिए।
‘मेरो शो बन्द भएपछि म समय बिताउन आधा रातमा मदिरा पिउँदै नेटफ्लिक्समा नार्कोस हेर्थें। मेरो कुकुर जन्जीर पनि मसँगै हुन्थ्यो। किनकि म मदिराको सुरमा पूरा एपिसोड हेर्थे। त्यसपछि बिहान उठेर फेरि त्यही शो हेर्थें। मदिराले गर्दा केही कुरा सम्झँदैन थिएँ। त्यसकारण बिहान पुनः शो हेर्थें’, उनले भनेका छन्।
कपिल डिप्रेसन विदेशीलाई मात्र हुन्छ भन्ने सोच्दथे। तर आफूलाई परेपछि उनले यो सबैलाई हुँदो रहेछ भन्ने भयो। उनले आफ्ना साथीभाईलाई पनि आफू डिप्रेसनमा भएको बताउने गरेका थिए। तर साथीहरुले भने दुई पेग मदिरा खाएर निस्किएपछि डिप्रेसन हट्छ भन्ने सल्लाह दिन्थे। अन्ततः उनले साथीको कुरा सुनेनन्, अनि एक राम्रो थेरापिस्टसँग आफ्नो उपचार गराए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया