बिहिबार, २८ अगस्ट २०२५

हाम्रो खानदानमा बुहारीलाई जागिर पठाउने संस्कार छैन!

सेतोपाटी

सेतोपाटी

निमिका श्रेष्ठ
News Image
• • •

स्नातक पहिलो वर्षमा पढ्दै थिएँ। मेडिकल शिक्षाअन्तर्गतको पढाइ भएकोले स्कुलको जस्तो ९-४ को कक्षा त्यसमाथि पनि ढिलो कक्षा सुरू गरेकीले पढाइको मेलोमेसो नपाएर दिक्क हुन्थेँ। 

हिउँदको एक दिन, अन्य दिनझैं कलेज सकेर फर्किएपछि कपडा पनि नखोली खाटमा लखतरान पलटिरहेकी थिएँ।

मोबाइलको घण्टी बज्यो, बाबाको फोन थियो। घर छोडेको ४-५ वर्षको अन्तरालमा दिनको बिहान र बेलुका घरबाट फोन आउनु नभए आफैंले गर्नु नियमित रूटिनजस्तै  भैसकेको थियो। 

शुक्रबार, फाल्गुण १३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)