बोरा स्टुडियो : तितेपातीको पातबाट कपडामा रङ

शिलापत्र

प्रबिना पाैडेल

‘तितेपाती’ झार कहिल्यै प्रयोग गर्नुभएको छ ? गरेको भए, औषधिकाे रूपमा मात्रै प्रयोग गर्नुभयो होला । तर कपडामा रङ भर्न पनि तितेपाती प्रयोग गर्न सकिन्छ । यसको रङ प्रयोग गरेरै फेसन डिजाइनर मीना गुरुङले कपडा डिजाइन गरिरहेकी छिन् । यद्यपि, सुरुमा झारपातबाट रङ निकालेर कपडामा प्रयोग हुन्छ भन्ने सुनेपछि उनलाई पनि अचम्म लागेकाे थियाे ।

तर, बिस्तारै तितेपातीको महत्व बुझेपछि उनले यसैलाई व्यवसाय बनाउने अठाेट लिइन् र सुरु गरिन् फेसन डिजाइनिङको यात्रा । मीना हाल ‘बोरा स्टुडियो’ नामक फेसन डिजाइनिङ कम्पनी सञ्चालन गर्छिन् । तर उनी बोरा स्टुडियोलाई कम्पनी भनेर मात्र चिनाउन चाहँदिनन् ।

मीनाको डिजाइनिङमा प्राकृतिक वस्तुकाे मात्रै प्रयोग हुन्छ । पातबाट प्रिन्टिङ गर्ने, झारपात र रुखको जरा आदिबाट रङ निकाल्ने जस्ता काम उनी गर्छिन् । उनी ‘सिन्थेटिक’ अर्थात प्लास्टिक मिसाइएको कपडा पनि बिरलै प्रयोग गर्छिन् । र, मीनाको दीर्घकालीन सोच पनि बोरा स्टुडियोमार्फत प्राकृतिक कच्चा पदार्थको प्रयोग फैलाउने हो ।

प्रकाशित मिति: : 2022-04-03 08:16:00

प्रतिकृया दिनुहोस्