
बिएल संवाददाता
रुसी हमलाका कारण करिब ५० लाख युक्रेनीले देश छाडेका राष्ट्रसंघले जनाएको छ।
शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकाय यूएनएचसीआरका अनुसार २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेपछि ४९ लाख ८० हजार ५८९ युक्रेनीले देश छाडेका छन्। उनीहरु युरोपका विभिन्न देशमा शरणार्थी बनेका छन्।
आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठन आईओएमका अनुसार विभिन्न देशबाट युक्रेन पुगेका तेस्रो देशका २ लाख १५ हजार नागरिकले पनि युक्रेन छाडेका छन्। तीमध्ये अधिकांश विद्यार्थी र आप्रवासी मजदुर छन्।
अधिकारीहरुले यसलाई युरोपमा विश्वयुद्धपछिकै ठूलो शरणार्थी संकट बताएका छन्। रुसी हमलामा लाखौँ युक्रेनी देशभित्रै पनि विस्थापित भएका छन्।
युक्रेनमाथि दोस्रो चरणको हमला गरेको रुसले पछिल्ला दिनमा आफ्नो आक्रमण पूर्वतर्फ केन्द्रित गरेको छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया