गंगादेवको अध्यक्षमा एमालेबाट वली सर्वसम्मत उम्मेदवार

बिएल संवाददाता

गंगादेव, रोल्पा

रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)बाट रोशनकुमार वलीको नाम सर्वसम्मत सिफारिस भएको छ।

गंगादेव गाउँपालिकाको अध्यक्षमा वलीको नाम सर्वसम्मत सिफारिस भएको एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मिश्रीप्रसाद डाँगीले जानकारी दिएका हुन्।

एमाले रोल्पाले गंगादेवको अध्यक्षमा वलीको एकल नाम लुम्बिनी प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ। गंगादेवको अध्यक्षका अन्य आकांक्षीहरूको सहमतिमा वलीको मात्रै नाम सर्वसम्मत सिफारिस गरिएको हो।

वली गंगादेव गाउँपालिका पार्टी संगठन कमिटी अध्यक्षसमेत हुन्। उनी वैचारिक, कुशल संघठक तथा लोकप्रिय युवा नेता मानिन्छन्।

प्रकाशित मिति: : 2022-04-23 05:48:00

प्रतिकृया दिनुहोस्