
पर्दाफास
पाली सेनाले ‘टेस्टेड एन्ड ट्रायल’ एम–१६ राइफल प्रयोग गर्दै आएकोमा एकाएक खरीद प्रक्रियामै रहेको विषयलाई लत्याएर अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापा र उनको टिमले कोरियाबाट केटु सिरिजको केटु वन राइफल खरीद गर्यो । सरकारको एक अर्ब ७० करोड लागतमा खरीद भएका यी हतियार अहिले प्रयोगमा ल्याउँदा समस्या नै समस्या देखिएपछि जंगी अड्डा अवकाशप्राप्त प्रधानसेनापति थापाको गल्ती सच्याउने प्रयासमा छ ।
नेपाली सेनाले मंसिर पहिलो सातादेखि चैत अन्तसम्म देशभरका युनिटहरुमा आलोपालो गरेर सामूहिक तालिम सुरुवात गर्यो । यो प्रधानसेनापति प्रभुराम शर्माको ‘सामूहिक तालिम अवधारणा तथा कार्ययोजना–२०७८’ को एउटा अभिन्न अंग थियो ।
सेनापति शर्माको यो अवधारणा कोभिड महामारीका कारण ब्यारेकमा बस्न बाध्य सैनिक जवानदेखि अधिकृतसम्मलाई फिल्डमा सक्रिय बनाउनु थियो । यस्तै सेनाका युनिटहरुको बन्दोबस्तीदेखि हातहतियार तथा गोलाबारुदको अवस्था ‘अप टु डेट’ गर्नु थियो ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया