बिहिबार, २८ अगस्ट २०२५

महत गाउँमा रुकुमकै उत्कृष्ट रङ्गशाला बन्दै, खेलकुदकाे माध्यमबाट पर्यटक भित्र्याउने साेचमा स्थानीय (भिडियाे)

रविन पुन मगर (आइडु)

रविन पुन मगर (आइडु)

रूकुम (पूर्व)
• • •

भूमे गाउँपालिकाको सेन्टरमा पर्ने गाउँ हाे, महत गाउँ। जसले १० वर्ष लामाे जनयुद्धमा आफ्ना ५८ सदस्य गुमाएकाे थियाे। त्यो सँगै अग्लो ठाउँमा रहेकाे सुन्दर बस्ती अनि ती बस्तीभित्रका झ्याल, कोठा, आँगनबाटै चारैतिर देखिने हरियाली दृश्य, उत्तरतिर देखिने हिमालहरु छेउमै भएको यहाँ जिल्लाकै उत्कृष्ट रंगशाला बन्दैछ।

गाउँ/घरमा प्रचलित खेलहरु भलिबल, धनुबाँण, छेलो, तारा हान्नेलगायत फुटबल क्रिकेटलाई पनि समेट्ने योजना निर्माण हुँदैछ, महतको यो रङ्गशालामा। ‘एक गाउँपालिका, एक बृहत् रंगशाला’ भन्ने अभियानअनुसार भूमे गाउँपालिका केन्द्र रहेकाे महत गाउँमा रंगशाला निर्माण थालिएकाे हाे।

रंगशालाको लागि जग्गा खरिदका लागि यहाँको  वडा नं. ०६ का बासिन्दाले ८० लाखभन्दा बढी आर्थिक संकलन गरेका छन्। त्यस्तैगरी गाउँपालिका र संघबाट पनि ४२ लाखले निर्माण भइरहेको छ। यो रंगशाला भूमे गाउँपालिकाकाे मात्रै नभई जिल्लाकै उत्कृष्ट र नमुना योग्य हुने स्थानीयकाे दाबी छ। रंगशाला ९२ रोपनी जग्गामा निर्माण हुँदैछ।

खेलकुदको माध्यमबाट महत गाउँ र सिङ्गो भूमेमै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको वडा अध्यक्ष बिक्रम पुनको पनि योजना रहेको छ। बिस्तारै होमस्टे संचालन गर्ने यहाँको कला संस्कृती, मगर संस्कार, भूमे पर्व, मगर भाषा सँगै खेलाडीलाई पनि क्षेत्रीय र राष्ट्रिय स्तरमा पुर्‍याउने साेच रहेकाे वडा कमिटी सचिव कमल बुढा मगरले सुनाए।

त्यस्तै विभिन्न समयमा हुने गरेका पालिका स्तरीय खेलकुद प्रतियाेगिता र भूमे पर्वमा नाचिने नाचजस्ता कुराले आन्तरिक पर्यटक भित्र्याउँदै आएको छ। यही जेठ २८ बाट यहाँ भूमे कप हुँदैछ।

भिडियाे:

बिहिबार, जेठ १९, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!