शुक्रबार, १९ सेप्टेम्बर २०२५

बालेन शाहले कहिले पाउलान् खादा र माला लगाउन?

सेतोपाटी

सेतोपाटी

काठमाडौं
News Image
• • •

बञ्चरेडाँडामा एकाबिहानै जोडजोडसँग सिटी बज्यो।

काठमाडौं उपत्यकाको फोहोर फाल्न यहाँ तीन वर्षदेखि डम्पिङ साइट बन्दैछ।

सत्र वर्षदेखि फोहोर फालिँदै आएको सिसडोल नजिकै छ।

बञ्चरे डम्पिङ साइटमा सेक्युरिटीको काम गर्ने हस्तबहादुर लामा त्यस दिन रातको ड्युटी सकेर भर्खरै घर फर्केका थिए।

हातमुख धोएर चियाको दुई सुरूप लिन नभ्याउँदै सिटीको आवाजले रनबन घन्किएपछि उनी चियाको गिलास भुइँमा छाडेर आँगनमा निस्के।

उनले देखे — डम्पिङ साइटनिर एक दर्जन प्रहरी भ्यान र फोहोर ओसार्ने ट्रकहरूको लश्कर छ। वरिपरिका पाखा प्रहरी र सशस्त्रको फौजले छपक्कै ढाकेको छ। तल सडकमा स्थानीयहरू हुल बाँधेर बाटो रोक्न खोज्दै छन्। माथिबाट प्रहरीहरू सिटी फुक्दै, लठ्ठी उजाउँदै ‘लखेट लखेट’ भनेर कराउँदै छन्।

आइतबार, जेठ २२, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)