बूढानीकण्ठमा भौतिक पूर्वाधार निर्माण कार्यको स्थलगत अनुगमन सन्तोषजनक : उपमेयर लामा

बूढानीकण्ठ नगरपालिकामा स्थलगत अनुगमन गरिएको छ।

बूढानीकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामाको नेतृत्वमा बिहिबार अनुगमन गरिएको हो। 

उपप्रमुख लामाको संयोजकत्वमा गठित टोलीले वडा नं.९, १०, ११ र १२ मा अनुगमन गरेका छन्। जसअन्तर्गत ढल तथा मंगल निर्माण, सडक ढलान, भवन मर्मतलगायत मन्दिर संरक्षण रहेको छ।

गत १९ गतेदेखि सुरु भएको अनुगमनमा सडक निमार्णको काम गुणस्तरीय भेटिएको उपमेयरले बताइन्।

'अहिलेसम्मको अनुगमन राम्रै भइरहेको छ। तर कुनै सडकमा सुधार गर्नु पर्ने देखिएको छ, उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै भनिन्, 'वडामा उपभोक्ता समितिले गरेको सडक निर्माणको काम झनै राम्रो भएको रहिछ।'

आफूले अनुगमन गरेको स्थानमा आम नागरिकको सन्तृष्ट रहेको बताउँदै उनले भनिन्,  'सबै जनालाई सन्तृष्ट नै देखेँ। अपूरो रहेको काम हामीले निरन्तरता दिएर पूरा गछौँ भनेर हामीप्रति उहाँहरुले आश गर्नुभएको छ। जसलाई हामी पूरा गनेछौँ।'

वडा नं. ११ स्थित विदावासिनी मन्दिरमा बगैँचा निर्माण गर्न लगाइएको उनले बताइन्।

'सबैको पबित्र स्थल मन्दिर हो, त्यसैले यसलाई झनै आकर्षक देखाउन बगैँचा र फल्चा बनाउन लगाएका छौँ उनले भनिन्,  'थकान मेटाउन सबैलाई सजिलो होस्।'

मन्दिरमा भगवान विष्णुको विशाल मूर्ति स्थापना गरिएको भन्दै सोहीका स्थानीय रामप्रसाद अधिकारी भन्छन्,  'हामी सबैको थलो यो मन्दिर बनाउनको लागि यहाँका स्थानीयहरुले धेरे सहयोग गर्नुभएको छ। जसका लागि हामी आभारी छौँ।'

७ वर्षअघि निर्माण सुरु गरिएको उक्त मन्दिरको लागत ४ देखि ५ करोड रहेको अधिकारीले बताए। 

हालसम्म मन्दिर निर्माणको कार्य भइरहेको छ। 

प्रकाशित मिति: : 2022-06-09 19:07:00

प्रतिकृया दिनुहोस्