शुक्रबार, २२ अगस्ट २०२५

पोखरामा सडक भासियाे, घरमा क्षति 

News Image
• • •

अधिक वर्षाले पोखरामा सडक भासिएको छ। पोखरा ४ र ५ जोडने सडक भासिएको हो।

भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ।

फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए।

सडक भासिएसंगै सडक किनारमा रहेको एउटा कच्ची घरसमेत भ्वाङ परेको छ।

भासिएको सडकको पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ पुगेकी थिइन्।

निरीक्षण गरेपछि उपमेयर गुरुङले तत्काल माटो ल्याएर पुरेर सडक आवतजावत गर्न मिल्ने बनाउन महानगरका कर्मचारीलाई निर्देशन दिएकी छिन्।

आइतबार, असार १२, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)