
बिएल संवाददाता
गत फागुन यता शून्यमा रहँदै आए पनि चार महिनापछि कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
गत फागुनबाट कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरे पनि आइतबार भने एक महिलाको धरानमा मृत्यु भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार ५६ वर्षीया महिलाको मृत्यु भएको हो। मृतक महिलाले कोरोनाविरुद्ध कुनै खोप नलगाएको खुलेको छ।
कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९ सय ५३ जनाको मृत्यु भइसकेको छ। ३ जेठ २०७७ मा पहिलो पटक सिन्धुपाल्चोक बाह्रबिसे– राम्चेकी २९ वर्षीया एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया