चन्द्रागिरीका विद्यार्थी र समुदायको प्यारो बन्दै काठमाडाैँ शिक्षा बहुमुखी क्याम्पस (भिडियाेसहित)

सुनिता लामा

काठमाडौं

स्थापना कालको ३०औँ वर्ष पूरा गरिसक्दा थुप्रै आरोह, अवरोह र संघर्षका दिनहरु पार गर्दै हजारौँ विद्यार्थीहरुको उज्जवल भविष्य र ज्ञानको श्रोत बन्न सफल भएकाे छ, काठमाडाैँ शिक्षा क्याम्पस। वि.सं. २०४८ साल वैशाख १५ गते दरबार हाइ स्कुलको भवनबाट सन्ध्याकालीन सत्रमा एक वर्षे बिएड कार्यक्रममार्फत् पठनपाठन सुरु गरेको यस क्याम्पसले आफूलाई चन्द्रागिरी नगरपालिका– १० सतुंगलमा आफ्नै अत्याधुनिक भवनबाट नेपालको शैक्षिक क्षेत्रको विकास तथा प्रवर्धनको निम्ति एउटा कोशेढुङ्गाको रुपमा साबित गरिसकेको छ।
नेपालका वरिष्ठ शिक्षाविद् प्रा.डा. माधव भट्टराई, प्रा.डा.हेमांगराज अधिकारी, प्रा.डा.प्रेमनारायण अर्याल, प्रा. हरिबिनोद अधिकारीलगायत अन्य ३३ जना शैक्षिक क्षेत्रका विशेषज्ञहरुको संयुक्त जमानी र सहकार्यमा स्थापित यस क्याम्पसले समयको माग र आवश्यकता अनुसारको दक्ष जनशक्ति उत्पादनलाई जोड दिइरहेको यस क्याम्पसले उच्चशिक्षालाई किताबी ज्ञानमा मात्र सिमित नराखी समय सापेक्ष/सान्दर्भिक, प्रविधियुक्त ज्ञान र सीप सगँ– सँगै विद्यार्थीहरुलाई समुदायको विकास निर्माणका कार्यहरुमा समेत सहभागी गराउने गर्दछ।

नेपालका सामुदायिक क्याम्पसहरु मध्येकै अब्बल काठमाडाैँ शिक्षा बहुमुखी क्याम्पसमा व्यवस्थापन, मानविकी, कानुन, शिक्षाशास्त्र संकायहरुमा विभिन्न रोजगारमुलक, प्रविधिमैत्री तथा व्यवसायिक विषयहरुको अध्ययन अध्यापन भइरहेको छ। पाठयक्रमको पढाइले मात्र व्यक्तिलाई किताबी किरो बनाँउछ तर व्यवहारिक तथा रोजगारमुलक शिक्षाले व्यक्तिलाई सीपयुक्त, प्रविधिमैत्री र अद्यावधिक गराउँदछ भन्ने सिद्धन्तलाई आत्मसात गरिरहेको यस सामुदायिक क्याम्पसले हरेक साताको शुक्रबार विभिन्न शीर्षकका अतिरिक्त क्रियाकलापहरुमार्फत् विद्यार्थीलाई दैनिक जीवनका पाटोसँग जोडने कार्य पनि गर्दछ। खेलकुद सप्ताह, वक्तृत्वकला, क्विज कन्टेस्ट, कविता प्रतियोगिता पब्लिक स्पिकिङ्गजस्ता विविध सीपमुलक कार्यहरुको आयोजना क्याम्पस तथा नगरपालिका र समुदायको सहकार्यमा निरन्तर गर्दै आइरहेको छ।

समुदाय र समाजको सहयोग, सहकार्य र सहभागिता एउटा शैक्षिक संस्थाको निम्ति कति महत्वपूर्ण छ भन्ने कुरालाई राम्रैसँग बुझेको क्याम्पसले कक्षा ११ देखि स्नातकोत्तरसम्मका विद्यार्थीहरुलाई उत्तीर्णाङ्ग ग्रेडबाहेक विपन्न, दलित, जनजाति, महिला, मधेशी, अपांगता र पिछडिएका वर्गहरुलाई छात्रवृत्ति कोष अन्तर्गतका शीर्षकबाट आंशिक तथा पूर्ण छात्रवृति पनि उपलब्ध गराउँदै आइरहेको छ।

उपत्यकाका सामुदायिक क्याम्पसहरुमध्ये न्यूनतम शुल्क, अत्याधुनिक प्रविधिमैत्री कक्षाकोठा, उत्कृष्ट कम्प्युटर ल्याब, साइन्स ल्याब, व्यवस्थित र सर्वसुलभ लाइब्रेरी, उच्चतम प्रविधि जडित विशाल सभा हल, यथेष्ट पार्किङ्गस्थल, स्वस्थ र सफा क्यान्टिन, क्याम्पस प्रांगणमै रहेको हरित र स्वच्छ वातावरण, खुला खेलकुद मैदानजस्ता विद्यार्थीलाई आवश्यक पर्ने हरेक पूर्वाधार तथा सुविधासम्पन्न यस क्याम्पसमा विद्यार्थीमैत्री वातावरण, दक्ष/अनुभवी तथा विषयविज्ञ प्राध्यापक/शिक्षकहरु, विद्यार्थी केन्द्रीत शिक्षण पद्धतिजस्ता अनगिन्ति विशेषताहरु बोकेको यस काठमाडाैँ शिक्षा क्याम्पस अबको नयाँ पिँढीका विद्यार्थीहरुको उज्जवल शैक्षिक भविष्यको उच्चतम गन्तव्य बन्न सक्षम रहने कुरामा कसैको दुई मत रहने छैन।

यहाँबाट उत्पादित शैक्षिक जनशक्तिहरु नेपालभित्र मात्र नभई विश्व समाजका विशिष्ट स्थानहरुमा पुग्न सफल भई आफूलाई काठमाडौँ शिक्षा क्याम्पसको विद्यार्थी भएकोमा गर्व गर्दछ्न। त्यसैले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीहरुको निम्ति चन्द्रागिरी नगरपालिकामा अवस्थित यस काठमाडौँ शिक्षा क्याम्पस एक उत्कृष्ट गन्तव्य र सही छनौट हुनेमा कुनै दुई मत छैन।

लगनशीलता र लगाव छ भने लगानी कहिल्यै असफल हुँदैन : शत्रुघन प्रसाद गुप्ता (भिडियाेसहित)

त्रासबाट उत्साहतिर मनास्लु वर्ल्ड कलेज (भिडियाेसहित)

संघर्षको मैदानबाट उदाएका दिनेश (भिडियाेसहित)

प्रकाशित मिति: : 2022-07-29 19:20:00

प्रतिकृया दिनुहोस्