डिल्ली शाही
बाँकेको कोहलपुर नगरपालिका– ७ रजगढवामा रहेको आरती सामुदायिक वनभित्र एक बालक मृत अवस्थामा फेला परेको छन्। बुधबार बिहान करिब १० बजेतिर बालक मृत अवस्थामा फेला परेको प्रहरीलाई खबर आएपछि घटना स्थलमा पुगेको थियो।
जानकी गाउँपालिका– ६ का १६ वर्षीय शिव लोनिया मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएपी ऐनबहादुर मल्लले जानकारी दिए।
‘घटनास्थलमा अनुसधान भइरहेको छ, केही व्यक्तिहरुलाई पक्राउ गरिसकेका छौं,’ मल्लले भने, ‘भवितव्य कि हत्या गरिएको भन्ने बारे अहिले नै पुष्ठि गर्न सक्ने अवस्था भने छैन, हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौं।’
‘एक ठाउँमा हत्या गरिएको र अर्को स्थानमा शव भेटिएको छ,’ मल्ले थपे,‘मृतकको टाउको र छातीमा चोट लागेको देखिन्छ।’ स्थानीयकाअनुसार दाउरा लिनको लागि वनमा गएका थिए।
मृतकको अंकलले दिएको बयानअनुसार सालको हाङ्गा खसाल्दा चोट लागेर मृत्यु भएको भनिए पनि घटना शंकास्पद रहेको मल्ले बताए। शव अहिले पोेष्टमार्टमका लागि नेपालगञ्ज भेरी अस्पतालमा लगिएको छ।

संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया