शनिबार, २० सेप्टेम्बर २०२५

सक्किगोनीका ‘सित्ते बा’ ले गरे स्वतन्त्र उम्मेदवारीकाे घोषणा

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
Breaknlinks
• • •

सक्किगोनी हाँस्य टेलिशृखंलाका मधुसुधन पाठक उर्फ ‘सित्ते बा’ ले मंसिर ४ गते हुने आम निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ५ बाट उम्मेदवार घोषणा गरेका छन्।

शुक्रबार ललितपुरमा भएको स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान घोषणा कार्यक्रममा बोल्दै उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

उनले भने, ‘काम गरेर देखाउने हाे, धेरै बाेलेर हैन। काम गरेर देखाउनका लागि मैले उम्मेदवारी दिएकाे हाे।'

त्यसैगरी उनले बालेन शाह र हर्क साम्पाङकाे कुरा उठाउँदै भने, 'एकअर्कासँग झगडा गर्नुभन्दा सहकार्य गरेर अगाडि बढ्नु राम्राे हाे।'

देशलाई अगाडि बढाउनका लागि गलत प्रवृत्तिलाई व्यवस्थित गर्नका लागि आफू लौरो अभियानमा लागेको उनले बताए। 

बिहिबार, भाद्र १६, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)