गुल्मीमा एमाले र कांग्रेसद्वारा निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस

BreaknLinks
BreaknLinks

आगामी मंसिर ४ गते प्रतिनिधि सभाको देशभर निर्वाचन हुँदै छ। निर्वाचनको मिति नजिकिए सङ्गै राजनीतिदल आफ्ना उम्मेदवार टुंगो लगाउन दौडधुप गरिरहेका छन् ।

प्रतिनिधि सभाको निर्वाचनले चुनावी माहोल तातिरहेको छ। गुल्मीमा पनि नेकपा एमाले र काङ्ग्रेसले आफ्ना उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। आइतबार गुल्मी क्षेत्र नम्बर १ रिडिमा बसेको नेकपा एमाले पार्टीको बैठकले गुल्मी क्षेत्र नम्बर १मा उपमहासचिव तथा पुर्वमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सर्वसम्मत सिफारिस गरेको छ। ज्ञवालीको नाम उम्मेदवारमा सिफारिस भएसङ्गै सामाजिक सन्जालमा उनका तस्बिर राखेर बधाई तथा शुभकामनाको ओइरो लागेको छ।

ज्ञवाली ०५६ सालदेखि ०७४ सालसम्ममा तीन पटक निर्वाचित भएका ज्ञवालीलाई यसपटक पनि सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको नेकपा एमाले केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले जानकारी दिए। त्यस्तै गुल्मी क्षेत्रनम्बर १ मा नेपाली काङ्ग्रेसले डा.चन्द्र भण्डारी सहित ४ जनाको नाम सिफारिस गरेको छ। भण्डारी ,पारिश्वर ढकाल , योगराज कँडेल र भरत बस्नेतको नाम संघिय निर्वाचनको उमेदवारका लागि सिफारिस गरिएको नेपाली काङ्ग्रेस गुल्मी उपसभापति अनन्त पौडेलले जानकारी दिए।

२०७० सालको निर्वाचनमा नेपाली कांग्रेसका डा चन्द्र भण्डारीसँग पराजित भएका थिए। यसपटकको निर्वाचनमा एमाले नेता ज्ञवाली र काङ्ग्रेस नेता डा. भण्डारी बिछ कडा प्रतिस्पर्धा हुने देखिएको छ। गुल्मी क्षेत्र नम्बर २मा एमालेबाट पुर्वमन्त्री बिष्ट सहित ३ जनाको नाम सिफारिस गुल्मी क्षेत्र नम्बर २ मा बिगत ३ दशक देखि नेकपा एमालेबाट गोकर्ण बिष्ट सिफारिस हुँदै आएका छन्।

यसपटक भने पार्टीले बिष्ट सङ्गै तीनजाको नाम सिफारिस गरेको छ । पार्टीले सचीव तथा पुर्वमन्त्री गोकर्ण बिष्ट सहित राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस गरिएको छ। त्यस्तै क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य चन्द्रबहादुर केसी सहित तीन जना नेता प्रतिनिधि सभाका लागि सिफारिस भएका छन्।

महासमिति सदस्य डा.दामोदर भुसाल र पूर्व महाधिवेशन प्रतिनिधि त्रैलोक्य प्रताप सेना सिफारिस भएको नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ।एमाले नेता बिष्ट बिष्ट २०५६ सालदेखि ०७४ सालसम्मा ३ पटकसम्म निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2022-09-05 10:35:00

प्रतिकृया दिनुहोस्