वन संरक्षणमा सफल‚ व्यवस्थापनमा विफल

हिमाल खबर

विश्वनाथ ओली

वन संरक्षणमा नेपालका प्रयास उल्लेखनीय रहे पनि वनस्रोतको पूर्ण रूपमा सदुपयोग हुन सकेको छैन। यसै कारण काठ तथा आल्मुनियम जस्ता निर्माण सामग्री आयात गर्नुपर्ने अवस्था छ। वन क्षेत्रको व्यवस्थापनमा तीनै तहका सरकार, वन व्यवस्थापन समूह र निजी क्षेत्रबीच समन्वयको अभाव छ। 

वन क्षेत्रको अतिक्रमण, विकास आयोजनाका लागि वनकै जग्गाको माग, अनियन्त्रित डढेलोले चुनौती निम्त्याइरहेका छन्। अर्कातर्फ, जडीबुटी तथा गैरकाष्ठ वन पैदावारबाट उच्चतम प्रतिफल लिन सकिएको छैन।

यसमा जडीबुटी तथा गैरकाष्ठ वन पैदावारहरूको अनियन्त्रित सङ्कलन हुनु, उचित भण्डारण अभावमा जडीबुटीको वास्तविक गुण कायम गर्न नसकिनु, जडीबुटीमा सीमित व्यक्तिहरूको मात्र पहुँच रहनु, प्रशोधन गरी मूल्य अभिवृद्धि गराउन नसकिनु मुख्य कारण छन्।
 

प्रकाशित मिति: : 2022-09-07 19:31:00

प्रतिकृया दिनुहोस्