जाली भारूमा जोडिँदा थ्रेटमा पूर्व एआईजीदेखि खेलाडीसम्म, ज्यान जोगाउन युनुस र इल्ताफ जेलमा

उकेरा

काठमाडाैँ

२०७४ पुस १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुटकेस लिन गएका युनुस अन्सारीको साथबाट सात करोड नक्कली भारतीय रूपैयाँ बरामद हुँदा प्रहरी आफैँ छक्क पर्‍यो। 

यो भन्दा अगाडि युनुस २ पटक जाली भारूसहित पक्राउ परेर जेल परिसकेका थिए। दुवै पटक उनी जाली भारूसहित फेला परेका थिएनन्। पहिलो पटक ब्लुबर्डमा रहेको उनको कोठामा जाली भारू फेला परेको थियो। पछि घरमै पक्राउ परेका उनी आफैँ सुटकेस लिन जाँदा पक्राउ परेका थिए।

जाली भारतीय रूपैयाँसहित युनुससँगै तीन जना नेपाली र तीन जना पाकिस्तानी नागरिक पक्राउ परे। अन्सारी, नसरुद्दिन अन्सारीसँगै सुजन रानाभाट, रोयल खान अनि पाकिस्तानी नागरिक मोहम्मद अक्तर नाशिव उद्दिन, तथा नाविया अनवर पक्राउ परेका थिए। जाली भारू फेला परेको सुटकेस कतार एयरवेजमार्फत आएको थियो।

केन्द्रीय कारागारभित्रै रहेको बेला भारतबाट आएका सुटर मनमित सिंह भाटियाले हत्या गर्ने प्रयास गर्दा पनि जोगिएका युनुसको आफ्नो ज्यान जोखिममा रहेकोबारे जानकार थिए।

प्रकाशित मिति: : 2022-09-27 18:25:00

प्रतिकृया दिनुहोस्